संबिधानसभा
कोहि गाई चराउदै
कोहि बाख्रा चराउदै
कोहि कपडा बेच्दै
कोहि जागिर खोज्दै
कोहि माछा मार्दै
कोहि लत्ता झार्दै
कोहि भारि बोक्दै
कोहि मादल ठोक्दै
कोहि पाठशालाबाट
कोहि भातशालाबाता
चौतारामा बिसायो
शितलमा सुस्तायो/
विदेशको कुरा गर्यो
स्वदेशको कुरा गर्यो
गाँउको कुरा गर्यो
घरको कुरा गर्यो
लोग्नेको कुरा गर्यो
स्वास्नीको कुरा गर्यो
दायाको कुरा गर्यो
बाँयाको कुरा गर्यो
भानाभंन गर्यो
तानातान गर्यो
हानाहान गर्यो
चारचार गर्यो
मारामार गर्यो
बोलि बार्यो
पानी बार्यो
घर बार्यो
पार्टी बार्यो
अन्तमा
सहमति गर्यो
आफ्नो मिति सार्यो /
Wednesday, June 2, 2010
Subscribe to:
Posts (Atom)
